स्व. छैठौं संघनायक मिक्षु अश्वघोष महास्थविर

Home News स्व. छैठौं संघनायक मिक्षु अश्वघोष महास्थविर
IMG

स्व. छैठौं संघनायक मिक्षु अश्वघोष महास्थविर

Thu 04 2019

स्व. छैठौं संघनायक मिक्षु अश्वघोष महास्थविरको संक्षिप्त जीवनी
प्रस्तुतकर्ता: भिक्षु विपस्सी मुनि विहार, भक्तपुर नगर,भक्तपुर जिल्ला

गौरव नाम ​​: श्रद्धेय पूज्यपाद संघनायक
चल्ति नाम ​​: भिक्षु अश्वघोष महास्थविर
ठेगाना ​: संघाराम विहार, ढल्को टोल, काठमाडौं महानगर, काठमाडौं जिल्ला, नेपाल फोन – ४२५९११०
जन्ममिति ​​: १८ मई १९२७
जन्मस्थान​​: वकु बहाल, ललितपुर उप-महानगर, ललितपुर जिल्ला, नेपाल ।
पिताको नाम​​: श्री चन्द्रज्योति शाक्य
माताको नाम​​: श्रीमती लक्ष्मीमाया शाक्य
गृहस्थी नाम​​: श्री बुद्धरत्न शाक्य
प्रब्रज्या मिति​: जनवरी १९४४
प्रब्रज्या स्थान​: बर्मेली बद्ध विहार कशीनगर उत्तर प्रदेश, भारत
उपाध्याय गुरू​: भिक्षु चन्द्रमणि महास्थविर (१८७६ - १९७२, म्यानमारवासी)
अभिभावक गुरू / आचार्य​​: भिक्षु अमृतानन्द महास्थविर (१९१८- १९९०)

 

थेरवादी नेपाली भिक्षुहरूमध्ये सर्वश्रेष्ठ तथा सर्वोच्च मान संघनायक पदमा विराजमान उहाँ भिक्षु अश्वघोष महास्थविर नेपाली तथा नेपालभाषामा १५० वटा भन्दा बढी पुस्तक-पुस्तिकाहरूका लेखक, सम्पादक तथा अनुवादक हुनुहुन्थ्यो। उहाँ धर्मकीति बौद्ध अध्ययन गोष्ठी धर्मकीर्ति विहारबाट प्रकाशित अधिकांश प्रकाशनका प्रेस सम्बन्धी कामहरू गर्नुभएका कर्मठ व्यक्तित्व हुनुहुन्थ्यो । नेपालका आनन्द भूमि तथा 'धर्मकीर्ति बौद्ध मासिक पत्रिकाहरू सम्पादन गर्नुभएका उहाँ सर्वाधिक भिक्षु-श्रामणेरहरुको उपाध्याय (गरु) पनि हुनहु्न्थ्यो ।प्रस्तुत छ, उहाँको जीवनका केहि मुख्य घटनवली-

 

१९३६

विद्यारम्भ, अक्षरज्ञान तथा संस्कृत भाषाको अध्ययन (स्वगह।

१९४४

अध्ययनार्थ भारत हुँदै श्रीलंका गमन (प्रसिद्ध भारतीय भिक्षु धर्मरक्षितसँग) मातर शहर, महामन्तिन्द परिवेण (गरुकुल)मा प्रवेश तथा पालि, सिंहली भाषाहरूका साथै बौद्धवाडमयको बौद्धिक अध्ययन ।

१९५१ नवम्बर

अग्रश्रावक सारिपुत्र तथा मौदगल्यायनका अस्थिधातु जात्राको लागि सँगै नेपाल पुनरागमन । तत्पश्चात् श्रीलंका गमन (दोश्रो पल्ट) ।

१९५२ नवम्बर २९-३०

उपरोक्त अग्रश्रावकअस्थिधातुकासाथ भारतको सारनाथबाट मध्यप्रदेशमा अवस्थित नवनिर्मित चेतियगिरी स्तूप प्रतिष्ठान विधिमा सहभागी, जुनमा भारतका तत्कालीन राष्ट्रपति डा. सर्वपल्ली राधाकृष्णन सभापति तथा पे. जवाहरलाल नेहरूबाट सो स्तूपमा उपरोक्त अस्तिधातु निधान तथा उद्घाटन भएको थियो ।

१९५२

भारतको सारनाथमा बसेर महाबोधि विद्यालयमा अध्ययन ।

१९५४ मई १७

छट्ठसंगायनमा नेपालको प्रतिनिधि भई सहभागी तथा म्यानमारको भ्रमण।

१९५५

महाबोधि कलेज, सारनाथ, भारतबाट आइ. ए. उत्तीर्ण ।

१२५६

काशी हिन्दू विश्वविद्यालय, बनारसमा बी ए अध्ययन ।

११५६ सितम्बर
अक्टोबर
(डेढ महिना)

चिनियाँ बौद्ध संघको निमन्त्रणामा नेपालको प्रतिनिधित्व गरी चीन भ्रमण, जुनमा ७ वटा राष्ट्रका १४ जना थेरवादी भिक्षुहरू सहभागी थिए ।

१९५९ -
६१

नेपाल राष्ट्रिय विद्यार्थी फेडरेशन मार्फत् चीन गमन तथा क्षयरोगको उपचारार्थ २२ महिना बसोबास गरी चीनको भ्रमण तथा अवलोकन गरी अनुभव आर्जन ।

१९६१ -
७०

आनन्दकुटी विद्यापीठ आवासीय बौद्ध माध्यमिक विद्यालय, स्वयम्भूमा सुपरिवेक्षक पदमा सेवा ।

१९६५ सितम्बर

आचार्य भिक्षु अमृतानन्दको साथ मंगोलिया तथा युरोप भ्रमण ।

१९६९

नेपाली युवक बौद्ध परिषद् को स्थापना ।

१९७१ मई २१

धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठी स्थापना भएदेखि त्यसको धर्मानुशासक ।

१९७२ -
८१

आनन्दकुटी विहार गुठीको स्थापना भएदेखि त्यसको मुखपत्र 'आनन्दभूमि' मासिक बौद्ध पत्रिकाको सम्पादक ।

१९८१ -
९२

उपरोक्त ‘आनन्दभूमि’ मासिक बौद्ध पत्रिकाको प्रधान सम्पादक ।

१९७२ -
८४

धर्मकीर्ति विहारबाट प्रकाशित 'धर्मकीति' वार्षिक बौद्ध पत्रिकाको सम्पादक ।

१९८४ आजीवन

उपरोक्त 'धर्मकीति' मासिक बौद्ध पत्रिकाको प्रधान सम्पादक ।

१९७२

विपश्यनाचार्य कल्याणमित्र श्री सत्यनारायण गोयन्काद्वारा निर्दिष्ट वाराणसीमा २ वटा तथा बुद्धगयामा १ वटा गरी जम्मा ३ वटा विपस्सना ध्यानशिविरहरुमा ध्यान अभ्यास ।

१९७३

काभ्रे जिल्ला, बनेपा नगरको दछु टोलस्थित ध्यानकुटी विहारको निर्माण शुरु तथा वर्षावास । अहिले यस विहारमा नयाँ र सुन्दर बुद्धमन्दिर, खुल्ला मैदान र भिक्षु आवास छन् भने बहिरा विकास केन्द्रलाई जग्गा दान भएको छ । यस बिहारले ६ रोपनी जति क्षेत्रफल ओगटेको छ ।

१९८० फरवरी

नेपालका अनागारिकाहरु तथा उपासक-उपासिकाहरु २० जनाको नेतृत्व गरी म्यानमार को सुप्रसिद्ध, ध्यानगरु ऊ, सोभन महास्थविर (महासी सयादो) को निर्देशनमा महासी सासन वैता। ध्यान केन्द्रमा १ महिना विपस्सना ध्यान अभ्यास साथै म्यानमार भ्रमण तथा अवलोकन । यहाँ स्मरणीय छ कि ध्यानगरु महासी सयादोबाट सन १९८१ मा लम्बिनी विकास समितिको निमन्त्रणामा नेपाल भ्रमण गरी काठमाडौं उपत्यकाका विभिन्न स्थान लगायत बनेपा, पोखरा, तानसेन, बटवल, कपिलबस्त एवं लम्बिनीमा विपस्सना ध्यानशिविर सम्पन्न भयो । जुनमा भिक्षु अश्वघोष महास्थविरद्वारा ध्यानगरू सँगै नेपाल तथा भारतका विभिन्न स्थानहरुमा सहयात्रा तथा ध्यानअभ्यास ।

१९८१

Religion’s Board of the U.S.S.R on International Affairs को निमन्त्रणामा रूस तथा Asian Buddhist Conference for Peace, Wulan Bator को निमन्त्रणामा मंगोलिया भ्रमणमा नेपालको प्रतिनिधित्व गरेको ।

१९८१ -
९०

काठमाडौं महानगर, ढल्को टोल, विष्णुमती नदीको किनारमा अनागारिका धर्मरक्षिता (रत्नमाया शाक्य) तथा उपासक द्वारिकादास श्रेष्ठद्वारा पर्तिजग्गामा नवनिर्मित संघाराम विहारमा भिक्षु मैत्रीको सहयोगमा संघाराम भिक्षु तालिम केन्द्रशासित प्रमुख संस्थापक तथा संचालक । यहाँ पटक पटक प्रब्रजित गरिएका ४० जनाजति श्रामणेरहरूमध्ये देशविदेशबाट उच्चशिक्षा हासिल गरिसकेपछि २० जनाजतिले आज नेपालका बौद्धसमाजमा महत्वपूर्ण भूमिका खेलिरहेका छन् । यी श्रामणेरहरूको तालिम तथा ब्यवस्थापनमा अत्यन्त ब्यस्त ।

१९८.

आनन्दकुटी विहार गुठीका अध्यक्ष ।

१९८.

आजीवन : स्वयम्भू ज्ञानमाला भजन खलःका धर्मानुशासक ।

१९८९

आजीवन: युवा बौद्ध समूह, काठमाडौं का धर्मानुशासक ।

१९९१ -
९२

नेपाल कम्युनिष्ट पार्टी एमालेको निर्णय अनुसार राष्ट्रिय सभाका माननीय सांसद सदस्स्य । यो २ बर्षको अवधिमा उहाँले नेपालको संविधान २०४७ मा रहेको हिन्द अधिराज्यलाई धर्मनिरपेक्ष भनि संशोधन गर्न विधेयक पेश गरेको ।

१९९२

सम्माननीय सभामुख दमननाथ ढुंगानाको नेतृत्वमा १६ जनाको एक संसदीय प्रतिनिधि मण्डलमा सम्मिलित भई चीन भ्रमण ।

१९८९ आजीवन

स्वयम्भू ज्ञानमाला भजन खलःका धर्मानुशासक ।

१९९२ अक्टोबर ३०

भूटानका अवतारी लामा पूज्य धर्मगुरू दिल्गो खेंचे रिम्पोछेको अन्तिम संस्कार विधिमा भूटानमा आमन्त्रित उच्च नेपाली धार्मिक प्रतिनिधि मण्डलको नेतृत्व गरेको ।
- लुम्बिनी बिकास कोष समितिमा बुद्धमार्गीहरूको प्रमुखता तथा बाहुल्यता हुने गरी पुनर्गठन हुनुपर्ने भनि संसद सभामा माग । फलस्वरुप बुद्धानुयायीहरूको उपाध्यक्षत्वमा लुम्बिनी बिकास कोष समितिको गठन हुन थालेको ।

१९९५

तत्कालीन श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको ५० औं शुभजन्मोत्सवको उपलक्षमा "प्रबल गोरखा दक्षिण बाहु (तेश्रो)" पदवीद्वारा विभूषित ।

१९९५

नेपाल कम्युनिष्ट पार्टी एमालेको शासनमा श्री ५ को सरकारद्वारा लुम्बिनी विकास कोषको पुनर्गठन हुँदा उपाध्यक्ष पदमा नियुक्त (४ महिना) ।
- Asian Buddhist Conference for Peace (A.B.C.P.) को निमन्त्रणामा जापानमा सप्ताहव्यापी बौद्ध सम्मेलनमा सहभागी । तदुपरान्त ताइवानको पनि भ्रमण तथा अवलोकन ।

१९९५

ज्ञानमाला भजन खलः, स्वयम्भू, काठमाडौंबाट सर्वप्रथम “ज्ञानमाला रत्नवत सिरपाः" प्राप्त ( ४ माघ, २०५१) ।

१९९७ सितम्बर -
अक्टोवर

क्यानाडामा भएको पाँचौं अन्तर्राष्ट्रिय विहार सेमिनार तथा सातौं अन्तर्राष्ट्रिय बुद्धज्योति संघको सम्मेलनमा नेपालको प्रतिनिधित्व गरेको ।

२००० मार्च १९

म्यानमार सरकारको निमन्त्रणामा 'अग्गमहासद्धम्मजोतकधज' पदवी ग्रहण गर्न म्यानमार यात्रा । यो पदवी दिएको कार्यक्रममा ११ बटा राष्ट्रका भिक्षुहरुले यस्ता पदवी प्राप्त गरेका थिए ।

२००१ -
२०१८

आफ्नो संरक्षकत्वमा ध्यानकुटी विहारमा मेत्ता सेन्टर वा मैत्री केन्द्र बालाश्रम संचालन ।

२००२ -
२००५

धर्मोदय सभाका केन्द्रीय अध्यक्ष ।

२००६

अखिल नेपाल भिक्षु महासंघद्वारा उपसंघनायक घोषित ।

२००६ -
२०१७

थाइलैंडका राजगुरू भिक्षु परमपूज्य संघराज समत़ेच ब्रन्याणसंवर (सुवड्ढन महाथेर) को संरक्षणमा सन् २००३ देखि मुन विहार (श्रीधर्मोत्तम महाविहार) मा निरन्तर संचालित सामूहिक प्रब्रज्या तथा उपसम्पदा योजनामा उपाध्याय (गुरु) भई १,००० जनाजति कुलपुत्रहरूई प्रब्रज्या दिएका ।

२००६

देखि मुनि विहारका उपधर्मानुशासक तथा

२०११

देखि आजीवन धर्मानुशासक ।

२००८

नेपालभाषा साहित्यको प्रचुर सेवा गरेबापत नेपालभाषा परिषद,काठमाडौंबाट ‘भाषाथुवा:’ मान प्राप्त ।

२०११ अक्टूबर १

अखिल नेपाल भिक्षु महासंघद्वारा नेपालका छैठौं संघनायक पद्मा चयन ।

२०११ नवम्बर १२

अखिल नेपाल भिक्षु महासंघको नेतृत्वमा आनन्दकुटी विहार, स्वयम्भू, काठमाडौं महानगरमा १३० वटा बौद्धसंघसंस्थाद्वारा सम्माननीय सभामुख सुभाषचन्द्र नेम्वाड०को प्रमुखतामा नागरिक अभिनन्दित ।

२०११ नवम्बर ३०

धर्मोदय सभाको तर्फबाट काठमाडौं महानगरको बुद्ध विहारमा अभिनन्दित ।

२०११ दिसम्बर ५

संघनायक पद्मा नियुक्त भएको उपलक्षमा भक्तपुरको मुनि विहारमा मुदिता सत्कार प्राप्त ।

२०१९ अप्रिल ५

देहावसान (अस्पतालको सम्पूर्ण उपचारखर्च नेपाल सरकारले ब्यहोरेको) ।

२०१९ अप्रिल ७

राजकीय सम्मानकासाथ कर्णद्वीप मसान, काठमाडौंमा दाहसंस्कारित।

 

परिशिष्ट – १

 

भिक्षु अश्वघोष महास्थविरका अभिभावकत्वमा प्रब्रजित भएका वर्तमान भिक्षुहरुको नामावली-

१) भिक्षु ठानसेट्ठो, जितवन विहार, थानकोट, चन्द्रागिरी नगर पालिका, काठमाडौं जिल्ला ।
२) भिक्षु राहुल, ध्यानकुटी विहार, दछु टोल, बनेपा नगर, काभ्रे जिल्ला ।
३) भिक्षु भद्दिय, यम्पि महाविहार, ई बही, ललितपुर महानगर, ललितपुर जिल्ला ।
४) भिक्षु शोभित, गण महाविहार, गणबहाल, काठमाडौं महानगर, काठमाडौं जिल्ला ।
५) भिक्षु आनन्द माननीय) तथा
६) भिक्षु उपतिस्स, संघाराम विहार, ढल्को टोल, काठमाडौं महानगर, काठमाडौं जिल्ला ।
७) भिक्षु मंगल (ताइवान), मातातीर्थ विहार, बलम्बु, काठमाडौं जिल्ला ।
८) भिक्षु सद्धातिस्स तथा ।
९) भिक्षु कोलित, बुद्धभूमि महाविहार, टोखा, काठमाडौं जिल्ला ।
१०) भिक्षु कोण्डन्य, बुद्ध विहार, भृकुटी मण्डप, काठमाडौं महानगर, काठमाडौं जिल्ला ।
११) भिक्षु विशुद्धानन्द (प्राणपुत्र), बेनी बुद्ध विहार, बेनी, म्याग्दी जिल्ला ।
१२) भिक्षु गौतम, श्रीघः विहार, काठमाडौं महानगर, काठमाडौं जिल्ला ।
१३) भिक्षु मिलिन्द, राजकीय बुद्ध विहार, लुम्बिनी, रूपन्देही जिल्ला ।
१४) भिक्षु संघरक्षित, आनन्द भुवन विहार, डल्लु, स्वयम्भ, काठमाडौं महानगर, काठमाडौं जिल्ला (हाल भारत)
१५) भिक्षु विनीत, संयुक्त राज्य अमेरिका ।
१६) भिक्षु अशोक, जितवन विहार, थानकोट, काठमाडौं जिल्ला ।
१७) भिक्षु त्रिरत्न, पिपरहवा, उत्तर प्रदेश, भारत ।
१८) भिक्षु कुङगाताशी (बुद्धरत्न), चतुर्ब्रह्म विहार, मातातीर्थ, चन्द्रागिरी नगरपालिका, काठमाडौं जिल्ला ।

 

परिशिष्ट – २

 

भिक्षु अश्वघोष महास्थविरका प्रकाशित १२२ बटा कृतिहरुको सूचि उहाँको “बौद्ध ज्ञान” मा प्रकाशित पाइन्छ ।

 

परिशिष्ट – ३

 

सहायक सामग्री

१) रत्नसुन्दर शाक्य लिखित अगगमहासधम्मजोतकधज भिक्षु अश्वघोष महास्थविर
प्रकाशक : युवा बौद्ध समूह, काठमाडौं, (२००५)
२) संघाराम २००९ वार्षिक पत्रिका
३) कोण्डन्य लिखित सन्दर्भ : अभिनन्दन समारोह २०६८, प्रकाशकः अखिल नेपाल भिक्षु महासंघ
४) Phra Vipassi Dhammaramo: Buddhism in Nepal
A Thesis submitted for the degree of Master of Arts: Mahamakut Buddhist University 1995, Bangkok, Thailand.